एनआईसी एशिया लघुवित्तको त्रैमासिक समिक्षा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तको त्रैमासिक समिक्षा सम्पन्न



काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ट्रान्सफर्मेसन अफ ट्रान्सफर्मेसन राइडर्स: म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम, टुवार्ड दी जर्नी या नम्बर १ तथा त्रैमासिक समीक्षा कार्यक्रम गत कात्तिक ५ र ६ गते गोर्कणस्थित हिमाली घर रिर्सोटमा सम्पन्न गरेको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यापार अधिकृत अर्जुन श्रेष्ठ, कम्पनी सचिव प्रह्लादचन्द्र निरौलालगायत सम्पूर्ण विभागीय प्रमुखको आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा देशभरिका प्रदेश प्रमुख, उप–प्रदेश प्रमुखलगायत कार्पोरेट कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो।

कार्यक्रममा संस्थाका प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठले संस्थाले यस आर्थिक वर्षको प्रथम त्रयमासमा हालसम्मकै उच्च ५.१५ अर्बको कर्जा वृद्धि गर्न सफल भएकोमा कर्मचारीहरुको मेहनतलाई उच्चतम् मूल्यांकन गर्दै सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गरे। उनले यस किसिमको उपलब्धिहरु हासिल गर्दै जाने र निकट भविष्यमै संस्था देशकै अब्बल तथा नं १ लघुवित्त बन्ने विश्वाससमेत व्यक्त गरे।

सम्मेलनमा संस्थाको प्रथम त्रैमासको उपलब्धिको समीक्षा, आगामी त्रैमासिकका लागि लक्ष्य निर्धारण, लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिका साथै आगामी दिनमा संस्थाको सेवाहरु उत्कृष्ट बनाउनका लागि आवश्यक नीति, नियम तथा निर्णयका बारेमा छलफल गरिएको थियो। कार्यक्रममा प्रथम त्रैमासमा व्यावसायिक लक्ष्य हासिल गर्ने विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु तथा उप–प्रदेश प्रमुखहरुलाई कार्य उपलब्धिको प्रमाणपत्र प्रदान गरिएको थियो।

समापन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले आगामी त्रैमासिकको लक्ष्य प्राप्तिका लागि उपस्थित कर्मचारीहरुलाई दत्तचित्त भई लाग्न निर्देशन दिए। उनले आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण कर्मचारीमा शुभकामना व्यक्त गरे।

प्रकाशित : ७ कार्तिक २०७८, आईतवार १८:०६