नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो



काठमाडाैं । श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएको विमानस्थल प्रहरीले जनाएको छ । 

विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जहाज उड्नुअघि नै पाङ्ग्रा ट्याक्सी वे छोडेर घाँसतिर गएको बताए । यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

जहाज धावनमार्गमा नभएकाले उडान भने प्रभावित नभएको बुझिएको छ । जहाजमा कुनै क्षति नभएको र के कारणले घटना भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने श्री एयरलाइन्सले जनाएको छ । 

प्रकाशित : १९ आश्विन २०७८, मंगलवार १०:५१