मञ्जुश्री फाइनान्सका थप ४ शाखा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मञ्जुश्री फाइनान्सका थप ४ शाखा बिस्तार



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो ४ वटा शाखा कार्यालयहरु रुपन्देही जिल्लाको मुर्गिया ,योगिकुटि, मणिग्राम, र भैरहवामा सञ्चालनमा ल्याएको छ। मञ्जुश्री फाइनान्सका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखाको उद्धघाटन गरेका हुन् ।


काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा र वीरगञ्जमा ११ वटा शाखा रहेका थिए भने अव थप ४ सहित शाखा संख्या १५ पुगेको छ ।


२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको यस फाइनान्सले ८.९१ अर्ब निक्षेप संकलन गरि ७.९५ अर्ब कर्जा परिचालन गरेको छ ।


यसका साथै यस फाइनान्सले विप्रेषण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटीएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार ११:५१