मौद्रिक नीति आइतबार सम्म, रोक्न सरकारले दबाब दिएको छैनः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

मौद्रिक नीति आइतबार सम्म, रोक्न सरकारले दबाब दिएको छैनः गभर्नर



काठमाडाै । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति एक साताभित्र सार्वजनिक गर्ने भएको छ ।

इकोनोमिक मिडिया सोसाइटीको ज्ञापन पत्र बुझ्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेले छिटोमा यहि शुक्रबारसम्म र ढिलोमा आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी भएको बताएका छन्।

उनले मौद्रिक नीति रोक्न सरकारले दबाब नदिएको पनि प्रष्ट पारेका छन् । उनले भने ‘सरकारले दबाब दिएको छैन, नयाँ सरकार आएपछि बजेटको आकार र बजेटका प्राथमिकता फेरिन सक्ने भएकोले केहि ढिलाई भएको हो’ ।

आगामी मौद्रिक नीति ब्यबसायीलाई र अन्य कोरोना प्रभावितलाई राहत गरि आउने उनले बताए ।

मौद्रिक नीति ढिलो आउँदा समस्या नहोस् भनेर बैंकहरुलाई साधारणसभा, लाभांश वितरण र वित्तीय विवरण सार्वजनिक गर्नको लागि सर्कुलर मार्फत बाटो खुलाईएको उनको भनाई थियो ।

भेटमा इकोनोमिक मिडिया सोसाइटीले गभर्नर अधिकारी समक्ष विभिन्न ६ बुँदे माग पत्र बुझाएको छ ।

प्रकाशित : १८ श्रावण २०७८, सोमबार १६:३०