सूर्या लाइफ इन्स्योरेन्सका बीमितले बीमालेखमा ब्याज छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूर्या लाइफ इन्स्योरेन्सका बीमितले बीमालेखमा ब्याज छुट पाउने



काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेखमा ब्याज छुट पाउने भएका छन् ।कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार १७ गतेदेखि असार ३१ गतेसम्म ब्याज छुट दिने भएको हो।

इन्स्योरेन्सले तिर्नु पर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत, २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ४५ प्रतिशत ब्याज छुट दिने जनाएको छ ।

त्यस्तै, तिर्नु पर्ने मितिले ३ वर्षभन्दा बढी व्यतित भएको बीमालेखको हकमा ३५ प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

व्यतित बीमालेखले बीमितको जोखिम बहन नगर्ने हुँदा समयमै आफ्नो बीमालेखको बीमा शुल्क भुक्तानी गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

साथै, कम्पनीले कनेक्ट आइपिएस, खल्ति, इसेवा, प्रभु पे, फोन पे, सेल पेस र आइएमई पे लगायतका विद्युतिय भुक्तानीका माध्यमबाट नवीकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था समेत कम्पनीले मिलाएको छ

प्रकाशित : १७ असार २०७८, बिहीबार १०:५९