काठमाडौँ । राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार कम्पनीले सेयरधनीहरुलाई ३६.५ प्रतिशत बोनस शेयर दिन लागेपछि प्रतिशेयर मूल्य रु. ८२१ कायम गरिएको छ ।
यसअघि कम्पनीको प्रतिसेयर मूल्य रु. ११२० थियो । नेप्सेका अनुसार आजैबाट कम्पनीको शेयरबार समायोजन गरिएको मूल्यबाट शुरु हुनेछ ।
Comment