काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (असार १५ गते, मंगलबार) अन्तिम दिन रहेको छ । संस्थाको आईपीओमा आज बैकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ ।
संस्थाले असार ११ गते शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
सोमबार साँझसम्म संस्थाको आईपीओमा मागभन्दा १५ गुणा बढी आवेदन परेको छ । सीडीएसीका अनुसार सोमबार साँझ ५ बजेसम्म संस्थाको आईपीओमा १८ लाख ४० हजार ३७ आवेदकले कुल २ करोड ७८ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई गरिएको मागभन्दा १५.०५ गुणा बढी हो ।
Comment