नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको असार १० गते बसेको बैठकले गरेकोनिर्णयानुसार कम्पनीको २५ औं वार्षिक साधारण सभा असार ३१ गते कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।


सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार १२:०५