रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई आइपीओ ल्याउने बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई आइपीओ ल्याउने बाटो खुल्यो



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको हो ।

सभाले प्राथमिक सेयर (आइपीओ) जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । कम्पनीले अब आइपीओ निष्काशनको प्रक्रिया अगाडी बढाउनेछ ।

यसका साथै, सभाले संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका अनुसूचीहरु उपर पनि छलफल गरी पारित गरेको छ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ ।

प्रकाशित : ५ असार २०७८, शनिबार २२:०८