निषेधाज्ञा कम्तिमा एक हप्ता लम्ब्याउने तयारी,नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

निषेधाज्ञा कम्तिमा एक हप्ता लम्ब्याउने तयारी,नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने !



काठमाडाैं । काठमाडाै उपत्यकामा जारी निषेधाज्ञा कम्तिमा एक हप्ता लम्ब्याउने तयारी भएको छ। उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या अपेक्षाकृत रुपमा नघटेकाले निषेधाज्ञा तत्काललाई कम्तिमा एक हप्ता लम्ब्याउने तयारी भएको हो ।

भोलि अर्थात आइतबार बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछन्। साथै, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सिडियोहरुले गरेको प्रस्तावमा थप केहि निर्णय लिन सक्नेछ।

स्रोतका अनुसार असार ८ गतेदेखि होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ। त्यस्तै नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भएको तर यो विकल्पबारे तत्कालै निर्णय नहुन पनि सक्ने बताइएको छ ।

प्रकाशित : ५ असार २०७८, शनिबार २१:४५