प्रभु बैंककाे ऋणपत्र बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

प्रभु बैंककाे ऋणपत्र बाँडफाँड

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैँ । प्रभु बैंक लिमिटेडकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ । बैंकले जेठ ११ गतेदेखि जेठ २६ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे हाे। बैंककाे ऋणपत्रमा आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई जेठ ३१ गते बाँडफाँड गरिएकाे बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

बैंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नाममा प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । बैंककाे ऋणपत्रकाे बिक्री प्रबन्धक मेगा क्यापिटल रहेकाे छ ।

प्रकाशित : १ असार २०७८, मंगलबार १३:५९ 15 June, 2021 1:59 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।