काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणालीबाट मात्र वितरण गर्न, गराउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
मन्त्रालयको यो निर्देशन सँगै अब वृद्ध भत्ता लगायतका सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बुझ्न लाभग्राहीले अनिवार्य बैंकमा खाता खोल्नु पर्ने भएको छ ।
मन्त्रालयले एक परिपत्र जारी गर्दै सबै स्थानीय निकायहरुलाई सम्वन्धित लाभग्राहीको बैंक खातामार्फत मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्न गराउन निर्देशन दिएको हो ।
यसअघि नै सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणालीबाट वितरण गर्ने सम्वन्धी ब्यवस्था भएपनि केही स्थानीय तहबाट नगद रकम निकाली लाभग्राहीहरु नगद नै वितरण गर्ने गरेको र नगद रकम वितरण गर्ने कर्मचारीबाट आर्थिक अनियमितता र दुरुपयोग र हिनामिना समेत हुने गरेको विषय विगतका लेखापरिक्षण प्रतिवेदनबाट देखिन आएकोले अब लाभग्राहीको बैंक खातामार्फत मात्र उक्त भत्ता वितरणको ब्यवस्था मिलाउन मन्त्रालयद्वारा जारी परिपत्रमा निर्देशन दिइएको छ ।
Comment