बीमा कम्पनी हप्ताको दुई दिन खोल्न पाइने, बैंक तथा वित्तीय संस्था के हुन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा कम्पनी हप्ताको दुई दिन खोल्न पाइने, बैंक तथा वित्तीय संस्था के हुन्छ ?



काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको हो।

तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरु भने साविकै व्यवस्था अनुसार सञ्चालन गर्नु पर्ने छ। हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

प्रकाशित : ३० जेष्ठ २०७८, आईतवार १७:०४