सेयर बजारमा नयाँ रेकर्ड,१९ अर्बभन्दा माथिको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारमा नयाँ रेकर्ड,१९ अर्बभन्दा माथिको कारोबार



काठमाडाै । सेयर बजारले पुनः नयाँ रेकर्ड राखेको छ । आइतबार काराेबार रकम र नेप्से सूचक दुवैले नयाँ रेकर्ड राखेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेको छ ।नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७८ जेठ २३ गते आइतबार नेप्सेमा १७ अर्ब २७ करोड १७ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

त्यस्तै, नेप्सेमा आज उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको छ । आज कारोबार भएका ४५ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

यस्तै, आज नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४.१५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४० मा झरेको छ ।

त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यस कम्पनीको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७८, आईतवार ०३:२४