कर्मचारीलाई मन लागेमा कोषमा आबद्ध हुन सक्ने व्यवस्था गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर्मचारीलाई मन लागेमा कोषमा आबद्ध हुन सक्ने व्यवस्था गर्न आग्रह



काठमाडौँ ।नेपाल वित्तिय संस्था कर्मचारी संघले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन जबरजस्ती नगर्न आग्रह गरेको छ ।

सङ्घले कोषलाई पत्र लेख्दै कर्मचारीलाई मन लागेमा कोषमा आबद्ध हुन सक्ने व्यवस्था गर्न आग्रह गरेको हो ।

सङ्घले लेखेको पत्रमा भनिएको छ,’कोषमा आबद्ध हुन चाहने कर्मचारीलाई मात्र त्यहाँ आबद्ध हुने व्यवस्थाका लागि अनुरोध छ ।’

सङ्घले हालको अवकाश कोषहरूमा आबद्ध हुन चाहने कर्मचारीहरूलाई त्यतै लाग्न दिन बाटो खुला गर्न भनेको छ ।

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार १९:४१