विदेशी लगानी सम्बन्धी नयाँ व्यवस्थाप्रति सिविफिनको स्वागत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विदेशी लगानी सम्बन्धी नयाँ व्यवस्थाप्रति सिविफिनको स्वागत



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी व्यवस्था सकारात्मक रहेको ठहरसहित स्वागत गरेकाे छ ।

परिसंघले विगतदेखि नै उठाइरहेको विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक नपर्ने व्यवस्था गर्नुपर्छ भन्ने धारणासहित गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पेश गरिएको सुझाव सम्बोधन भएको जनाएको छ ।

अब नीतिगत रूपमा नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र देशले अहिले भोगिरहेको लगानी अभावको निमित्त मार्ग प्रशस्त गर्ने अपेक्षा गरेको जनाइएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार १९:११