नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई एक्वायर गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई एक्वायर गर्ने



काठमाडाै । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । दुवै संस्थाले गाभ्ने, गाभिने प्रस्ताव पारित गर्न जेठ २५ गते मंगलबार विशेष साधारण सभा डाकेका छन् ।


नेसनलको सभा केन्द्रीय कार्यालय धादिङबेसी, धादिङमा बिहान ११ बजे सुरु हुनेछ । यसैगरी, महिला सहयात्राको सभा केन्द्रीय कार्यालय मकवानपुर बिहान ११ बजे नै सुरु हुनेछ ।

सभामा नेसनलले महिला सहयात्रालाई १००ः६८ अनुपातमा महिला सहयात्रालाई गाभ्ने प्रस्ताव पेस हुनेछ ।, महिला सहयात्राको १०० कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि बन्ने नेसनलको ६८ कित्ता सेयर पाउनेछन् । दुबै संस्थाको सभाले सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) का आधारमा सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) पारित गर्ने छ ।

विषेश सभा प्रयोजनका लागि दुवै कम्पनीले जेठ १७ गते बुक क्लोज गरेका छन् । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्सलाई महिला सहयात्रा लघुवित्तलाई आफूमा गाभ्न स्वीकृति प्रदान गरिसकेको छ ।

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार १३:००