कमोडिटी एक्सचेन्ज ल्याउने तयारीमा धितोपत्र बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कमोडिटी एक्सचेन्ज ल्याउने तयारीमा धितोपत्र बोर्ड



काठमाडौं । वस्तुविनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि लामो समयदेखि विभिन्न प्रक्रिया थालिए पनि अब भने चाँडै नै यसले पूर्णता पाउने भएको छ । सरकारले बजेट वक्तव्यमा नै पारेकाले आगामी आवको शुरूमै यसलाई सञ्चालन गर्नेगरी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयारी तीव्र पारेको छ ।


बजेट भाषण हुनुअगावै बोर्डले सरोकारवालाहरूबाट सुझाव संकलन गर्न ‘वस्तुविनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७७’ को मस्यौदा सार्वजनिक गरेको थियो । बोर्डले एक दर्जनभन्दा बढी सुझाव संकलन गरिसकेको बताएको छ ।

प्राप्त सुझावलाई सञ्चालक समितिमा राखेर निर्देशिकालाई अन्तिम रूप दिएपछि आवेदनका लागि सूचना निकाल्ने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । यो खबर आजको अभियान दैनिकमा छापिएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार ०८:३२