काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्ने कम्पनीहरु अत्यावश्यक सेवा भन्दै नरोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेखेको छ ।
बोर्डले सदस्य प्राप्त गरेका नेप्से ,दलाल व्यवसायी तथा मर्चेन्ट बैंकर अत्यावश्यक सेवा भएको भन्दै संस्थाको परिचय पत्रको आधारमा आइतबार देखि शुक्रबार सम्म अनलाइन सिस्टम सञ्चालन गर्ने उद्देश्यका साथ बढीमा ३ जना कर्मचारी सम्मलाई आवत जावतमा सहजीकरण गर्न अनुरोध गरेको छ ।
Comment