सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो ।

बैठकले जेठ ७ गतेदेखि नै लागू हुने गरी संस्थापक सेयर समूहतर्फको प्रतिनिधित्व गर्ने गरी झालाई भिजे इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधित्वको रुपमा नियुक्त गरेको हो ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार १६:४५