एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई घरमै बसी अर्नलाईनबाट खरिद गर्न सक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई घरमै बसी अर्नलाईनबाट खरिद गर्न सक्ने



काठमाडौं । एनआईसी एशिया बैंकले म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने सुविधा ल्याएको छ ।

हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको नोवेल कोरोनाभाइरसको दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा दिन प्रतिदिन फैलिरहेको र उक्त संक्रमणलाई रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा उक्त योजनाको इकाई लगानीकर्ताहरुले सहजै रुपमा खरिद गर्ने अवसर प्राप्त होस भन्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले अनलाईन मार्फत एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइटwww.nicasiacapital.com वा सोझै https://nicddf.nicasiacapital.com/मा क्लिक गरि गलष्त उगचअजबकभ भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ ।

हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एनआईसी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने छ ।

यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा क्यापिटलको आधिकारीक मोवाईल नं. ९८५११२१९६४ मा सोझै सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहीबार २१:५१