‘प्रभु सेलेक्ट फण्ड’ आजबाट बिक्री खुल्ला, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

‘प्रभु सेलेक्ट फण्ड’ आजबाट बिक्री खुल्ला, कति दिने आवेदन ?



काठमाडौं । प्रभु क्यापिटलले आज (जेठ ५ गते, बुधबार) देखि प्रभु सेलेक्ट फन्ड नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेको छ । यो सातवर्षे बन्दमुखी योजना हो ।

प्रभु बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले एक अर्ब रुपैयाँको १० करोड इकाईहरु निष्काशन गर्न लागेको हो। जसमध्ये बीज पूँजी वापत न्युनतम १ करोड ५० लाख वा बिक्री भएको इकाईको १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्द्धक प्रभु बैंकका लागि १४ प्रतिशत छुट्याइएको छ ।

प्रभु क्यापिटलले एक प्रतिशत इकाई राख्नेछ भने बाँकी रहेको ८५ प्रतिशत अर्थात ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ।

उक्त इकाई आज जेठ ५ गतेबाट निष्काशन हुनेछ। लगानीकर्ताले उक्त इकाईमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।


लगानीकर्ताले उक्त इकाईमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । इकाईको अंकित मूल्य १० रुपैयाँ छ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७८, बुधबार १०:२६