डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एनआईसीको आकर्षक योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एनआईसीको आकर्षक योजना



काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौँ, मोबैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ ।

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डाटा प्याक, बीमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिकतम १०० नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुने पनि बैंकले जनाएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार १३:४८