प्राइम लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक काफ्लेको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक काफ्लेको निधन



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काफ्ले केहि दिनदेखि कोरोना संक्रमणका कारण अस्पतालमा थिए । मंगलबार साझ ४ बजेर ३५ मिनेटमा शिक्षण अस्पतालमा उनको असामयिक निधन भएको हो ।

कर्मचारी संचय कोषका पूर्व सह प्रशासक काफ्ले गत वर्ष मात्रै सेवा निवृत्त भएका थिए । उनि २०४४ सालमा कर्मचारी सञ्चयकोषमा प्रवेश गरेका थिए । सेवा निवृत्त भए पछि उनी गत असोज २० गते प्राइम लाइफको स्वतन्त्र संचालकमा नियुक्त भएका थिए ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार १२:१८