प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन



काठमाडौं । आइतवार प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको गत बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ९७२ को आधारमा मूल्य समायोजन गरी बोनसपछिको मूल्य रू. ८८४ तोकेको हो ।

कम्पनीले यस वर्ष १० प्रतिशत बोनससँगै शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारितका लागि कम्पनीले जेठ ६ गते २५औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।

सभा प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा विहान ११ बजे आव्हान गरिएको हो ।

प्रकाशित : २६ बैशाख २०७८, आईतवार १३:०६