हिमालय जनरल इन्स्योरेन्सले ५ दिने अभिकर्ता तालिम संचालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालय जनरल इन्स्योरेन्सले ५ दिने अभिकर्ता तालिम संचालन गर्ने



काठमाडौं । निर्जीवन बीमा कम्पनी हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । कम्पनीले यही बैशाख २६ गतेदेखि ३० गतेसम्म ५ दिने अभिकर्ता तालिम संचालन गर्न लागेको हो ।

बैशाख २० गते सम्म आवेदन दिएका कम्तिमा एसएलसी/ एसइई उत्तीर्ण इच्छुक नेपाली नागरिकले अभिकर्ता तालिममा सहभागी हुन सक्ने छन् ।

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि भर्च्युअल माद्यम मार्फत अभिकर्ता तालिम दिन लागेको हो ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार १७:५७