एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले भन्यो – ब्याजको कुरा के हो ? सत्य तथ्य चाहियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले भन्यो – ब्याजको कुरा के हो ? सत्य तथ्य चाहियो



काठमाडाै । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडसँग स्पष्टिकरण माग गरेकाे छ ।

विभिन्न सञ्चार माध्यमहरूमा एनआईसी एशिया बैंक लिमिटेडले चर्काे व्याज लिएकाे समाचार प्रकाशन भएसँगै राष्ट्र बैंकले साेही विषयमा बैंकसँग स्पष्टिकरण मागेकाे हाे ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंक लिमिटेडकाे नाममा ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिएका छन् । बैंकले जवाफ भने फर्काएको छैन ।

‘यो सुपरीवेक्षण विभागले गर्ने कुरा हो, जवाफ माग गरेर पत्र काटिएको छ’ नियमन विभागका प्रमुख समेत रहेका प्रवक्ता ढकालले भने, ‘हिजो मात्रै पत्र काटिएको छ, आज वा भोलिसम्ममा जवाफ आउँला ।’ बैंकको जवाफपछि मात्रै के गर्ने भनेर सुपरीवेक्षण विभागले निर्णय गर्नेछ ।

बैंकको चैत मसान्तसम्म व्याजको आधार दर ६.७७ प्रतिशत रहेको छ । तर बैंकले घर कर्जामा करिव १६ प्रतिशत व्याजदर र सवारी साधन खरिदका लागि लिइने कर्जामा पनि करिव १५ प्रतिशत व्याज लिएकाे पाइएकाे छ ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार १८:५९