हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८मा , यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८मा , यस्ता छन् एजेन्डा



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले जेठ २८ गते २७ औ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले केन्द्रिय कार्यालय थापागाउँबाट भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गर्ने भएको छ ।

साधारणसभामा सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांस अनुमोदनमा लागि पेश गरिने छ ।

कम्पनीले चुक्ता पूँजी एक अर्ब ६ करोड रुपैयाँको तीन प्रतिशतले हुन आउने तीन करोड २० लाख रुपैयाँको बोनस शेयर दिदै छ । कर प्रयोजन सहित ४ करोड ६० हजार ८०० रुपैयाँ नगद लाभांस वितरण गर्दै छ ।

२७ औ वार्षिक साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ ।

लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ को वासलात नाफा नोक्सान हिसावल नगद प्रवाह विवरण इक्वीटीमा भएको परिवर्तन र तत् सम्बन्धि अनुसूचीहरु पारित गर्ने प्रस्ताव रहेको छ ।

नियमावलीको साविक व्यवस्थामा गणपुरक संख्या नियम १५ ङ संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।

साधारणसभा प्रयोजनका लागि जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जेठ १३ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित बोनस शेयर नगद लाभांस पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार ०९:१३