राष्ट्र बैङ्कको निर्देशन अनुसार सेवा दिनुः डेभलपमेण्ट बैंकर्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्र बैङ्कको निर्देशन अनुसार सेवा दिनुः डेभलपमेण्ट बैंकर्स



काठमाडौँ । डेभलपमेण्ट बैंकर्स एसोसिएसनले आफ्ना सदस्यहरूलाई राष्ट्र बैङ्कको निर्देशन अनुसार सुरक्षित रहेर सेवा प्रदान गर्न आग्रह गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सङ्घले यस्तो आग्रह गरेको हो ।

“कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर विश्वव्यापी रूपमा फैलिरहेकोले तथा काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा तीव्र रूपमा फैलिइरहेको छ ।” एसोसिएसनले भनेको छ, “भाइरसलाई नियन्त्रण गर्नका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधात्मक आदेश जारी गरेको यस विषम परिस्थितिमा बैङ्क तथा वित्तीय संस्थाहरूलाई आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न चुनौंति थपेको छ ।”

एसोसिएसनले थप सजगताका साथ सेवा ग्राहीहरूलाई सेवा प्रदान गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित : २० बैशाख २०७८, सोमबार १९:५७