आइतबार देखि निषेधाज्ञामा थप कडाइ, बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइतबार देखि निषेधाज्ञामा थप कडाइ, बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था



काठमाडाै । उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ मात्र कर्मचारी राखी सञ्चालन गर्न दिने भएको हो।

पत्रकारलाई समेत अब आफ्नो कार्यालयले जारी गरेको परिचयपत्रको भरमा हिँडडुल गर्न रोक लगाइने भएको छ।

नेपाल राष्ट्र बैंकसँगको समन्वय र सहजीकरणमा बैंकका शाखा कम कर्मचारीबाट चलाउने, अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने नीति अवलम्बन गरिँदै छ।

सञ्चारकर्मीको नाममा अनधिकृत आवागमन बढेपछि अब १९ गते आइतबार देखि काठमाडौँ उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मात्र मान्य हुने गरिएको छ ।

प्रकाशित : १८ बैशाख २०७८, शनिबार २१:०३