आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने तथ्यांक विभागको अनुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने तथ्यांक विभागको अनुमान



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने संशोधित अनुमान सरकारले गरेको छ । शुक्रबार आव २०७७/७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले यस्तो अनुमान गरेको हो । चालु आवको बजेटले आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी रहने अनुमान गरेको थियो ।

गत आर्थिक वर्ष २०७६/७७ मा पनि सरकारले जेठदेखि आर्थिक क्रियाकलाप पूर्ववत सामान्य अवस्थामा आउने अनुमानका आधारमा विभागले आर्थिक वृद्धिदर २.२७ प्रतिशत कायम हुने अनुमान गरेकोमा बन्दाबन्दी लम्बिएपछि उक्त गत आर्थिक वर्षमा अर्थतन्त्र २.१ प्रतिशतले संकुचन भएको विभागको संशोधित अनुमान छ ।

सेवा क्षेत्रमा भने वृद्धिदर ४.४३ प्रतिशतको हुने छ । यस क्षेत्रमा खुद्रा व्यापार, आवा तथा भोजन, यातायात, संचार, भण्डारण, वित्तीय मध्यस्थता, पेशागत तथा प्रशासनीक, व्यवसायिक सेवा, सार्वजनिक प्रशासन, रक्षा, स्वास्थ्य लगायत क्षेत्र पर्छन् ।

विभागका अनुसार कोरोना भाइरसको महामारीको दोस्रो लहरले आन्तरिक तथा बाह्य प्रभाव कति लामो समय रहन्छ भन्ने अनुमान गर्न कठिन भएकाले दुई सातापछि आर्थिक गतिविधि सामान्य अवस्थामा आउने विश्वासका आधारमा उक्त आर्थिक वृद्धिदर गरिएको प्रक्षेपण छ ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार १८:४४