सिटी एक्सप्रेस मनी ट्रान्सफरले अभिकर्ताहरुलाई हस्तान्तरण गर्यो कोरोना बीमाको दाबी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरले अभिकर्ताहरुलाई हस्तान्तरण गर्यो कोरोना बीमाको दाबी भुक्तानी



काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्ध गराएको आफ्ना अभिकर्ताहरुको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै सिटी एक्सप्रेसले अभिकर्ताहरुको बीमा गराएको थियो । जस अनुरूप मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको दाबी भुक्तानी रकम जनही रु ५०,००० सिटी एक्सप्रेसले हस्तान्तरण गरेको हो ।

साईबाबा रेमिट चाबहिलका हरीकुमार श्रेष्ठ, अनलाईन सब रेमिट काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड सेन्टर नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्सफर सुनसरीका कुलबहादुर भारती, जिमिरेभर मनी नेटवर्क परासीका शेरबहादुर गुरुङ र हीरा इन्टप्र्राइजेज नवलपुरका कृष्ण गिरी गरी ८ जानालाई चेक हस्तान्तरण गरिएको छ ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार १७:४३