सांग्रिला डेभलपमेन्ट बैंकलाई ७५ करोडको ऋणपत्र निष्काशन गर्न अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकलाई ७५ करोडको ऋणपत्र निष्काशन गर्न अनुमती



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रु. ७५ करोडको ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख ६ गते सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।

बैंकले अब १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार इकाइ भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चेर–२०८७’ नामक ऋणपत्र निष्कासन गर्ने छ । ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज उपलब्ध गराउनेछ ।

यो १० बर्ष अवधिको ऋणपत्र हो । कुल इकाइमध्ये ४ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ३ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ । यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १२ बैशाख २०७८, आईतवार १८:०२