आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद सेयर पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद सेयर पारित



काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद सेयर पारित भएको छ ।

आज (बैशाख १२ गते) सम्पन्न कम्पनीको २३औं बार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

यससँगै कम्पनीका लगानीकर्ताले चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर पाउने भएका छन् । उक्त बोनस पश्चात कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।

यससँगै, कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ ।

कम्पनीको व्यावसायमा भएको विस्तारसंगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले बोनस र हकप्रद सेयर जारी गर्ने भएको हो ।

बोनस तथा हकप्रद सेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : १२ बैशाख २०७८, आईतवार १७:५६