काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासीमा बीमितको मृत्यु पश्चात् बीमा दाबी रकम भुक्तानी गरेको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ६ मा बीमित स्व. नरसिंह कहारको परिवारलाइ घरमै पुगेर रकम भुक्तानी गरिएको हो ।
स्व. नरसिंहको बीमा गरेको एक वर्ष भित्रै कालगतिले मृत्यु भएको थियोे । सरावल – ६ का वडा अध्यक्ष कैलाश यादवको रोहवरमा तथा उक्त बीमा कम्पनीका प्रदेश प्रमुख एजिएम ऋषिभक्त ढकालको उपस्थितिमा कम्पनीको परासी शाखाका प्रमुख अमरदीप गुप्ताले बीमितकी पत्नी गीता कहारलाई ५ लाख १५ हजार ७ सय ४३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
बीमितले उक्त कम्पनीमा एक वर्ष अगाडि रु पाँच लाखको बीमा गरेका थिए ।
Comment