प्रभु बैंकको २१४ औं शाखा महादेवफाँटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको २१४ औं शाखा महादेवफाँटमा



नुवाकोट । प्रभु बैंक लिमिटेडले नुवाकोटको बेलकोटगढीमा शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले बुधबार बेलकोटगढी नगरपालिका वडा नं ७ स्थित महादेवफाँटमा आफ्नो २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको हो ।

बैंकको महादेवफाँट शाखा कार्यालयको बागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले उद्घाटन गरे । उद्घाटनपछि पाण्डेले प्रभु बैंकले व्यवसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेका ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

उनले प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकले शाखा विस्तारसँगै प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले स्थानीय वासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।’

प्रकाशित : ९ बैशाख २०७८, बिहीबार १६:०३