महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा भट्टराई नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा भट्टराई नियुक्त



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा टोखा नगरपालिकाका रवि राज भट्टराई नियुक्त भएका छन् ।

कम्पनीको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

पेशाले चार्टर्ड एकान्टेन्ट भट्टराईले इन्सिच्यूट अफ चार्टड एकाउन्टेस इण्डियाबाट सि.एको उपाधी प्राप्त गरी त्रिभुवन विश्वविधालयबाट एम.बि.ए को डिग्री समेत हासिल गरेका छन् ।

विगतमा नविल बैंक र विभोर विकास बैंकमा काम गरिसकेका भट्टराईले आजै संचालक समितिका अध्यक्ष मनोरंजन रमण शर्माबाट सपथ ग्रहण गरेका छन् ।

बीमा समितिले कम्पनी ऐन र संस्थागत सुशासनमा उल्लेख भए अनुसार स्वतन्त्र संचालक नियुक्त गर्न निर्देशन दिएपछि कम्पनीले स्वतन्त्र संचालक नियुक्त गरेको हो ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलवार १८:४८