अजोड इन्स्योरेन्सको सञ्चालक समितिमा दुई जना थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सको सञ्चालक समितिमा दुई जना थपिए



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा नयाँ सञ्चालक समितिमा दुई जना थपिएका छन् । सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने संचालक पदमा पानु दत्त पौडेल र सृजना सुवेदी र्निविरोध निर्वाचित हुनु भएका हुन ।

कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुवाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्वन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ ।

अजोड ईन्स्योरेन्स लिमिटेडले तेस्रो बार्षिक साधारण सभा मंगलबार सम्पन्न गरेको छ । आज मंगलबार अजोड ईन्स्योरेन्स लिमिटेडले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

लिमिटेडले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७६/०७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख १७ हजार २१८ रुपैँया संकलन गरि खुद नाफा ४ करोड ५६ लाख ३४ हजार ६७१ रहेको छ र बीमाकोषमा छ करोड २३ लाख ७२ हजार६५२ संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३ प्रतिशत, खुद नाफामा २४७.३९प्रतिशत, एवं बीमाकोषमा १०४.०८ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलवार १८:४५