वैशाख २७ भित्र कतारी रियाल फिर्ता गर्न राष्ट्र बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वैशाख २७ भित्र कतारी रियाल फिर्ता गर्न राष्ट्र बैंकको आग्रह



काठमाडौं । कतारको केन्द्रीय बैंकले चौथो संस्करणका कतारी रियाल चलनचल्तीबाट हटाउने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले कतारी रियाल फिर्ता गर्न सर्वसाधरण तथा संस्थासँग आग्रह गरेको छ ।

जुलाई २१ बाट कतारले उक्त नोटहरू चलनचल्तीबाट हटाउन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वैशाख २७ गतेभित्र त्यस्ता नोटहरू राष्ट्र बैंकको बैंकिङ शाखामा बुझाउन केन्द्रीय बैंकले आग्रह गरेको छ ।

त्यस्तै बैंकिङ कारोबार गर्ने केन्द्रीय बैंकका प्रदेशस्थित शाखाहरू, विदेशी मुद्रा सम्बन्धी कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू, विदेशी मुद्रा कारोबार गर्न इजाजतप्राप्त मनिचेञ्चरमार्फत पनि सटही गर्न मिल्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित : 20 April, 2021 1:34 pm