प्रभु बैंकका नवनियुक्त अध्यक्ष सिटौलाले लिए सपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकका नवनियुक्त अध्यक्ष सिटौलाले लिए सपथ



काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त लीलाप्रकाश सिटौलाले सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उनलाई सोमबार पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकास पाएपछि कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदै सिटौला प्रभु बैंकको सञ्चालक समिति अध्यक्ष बनेका हुन् ।

यसअघि प्रभु बैंकको सञ्चालक समितको अध्यक्षमा देवीप्रकाश भट्टचन थिए । गत पुसमा भएको प्रभु बैंकको सञ्चालक समितिको बैठकबाट भट्टचनबाहेकका अन्य सदस्यहरू चयन भए ।

प्रभु फाइनान्सलाई वाणिज्य बैंकसम्म पुर्‍याउन भट्टचनको महत्वपूर्ण भूमिका छ ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलवार १२:४६