काठमाडाै । अजोड इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ । नेप्सेले एक सुचना जारी गर्दै नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गरेको जानकारी गराएको हो ।
कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र विज्ञ सञ्चालक पदमा नेपाललाई नियुक्त गरेको नेप्सेद्वारा जारी सूचनामा उल्लेख गरेको छ ।
Comment