कालिका लघुवित्तको नाफामा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कालिका लघुवित्तको नाफामा उल्लेख्य सुधार



काठमाडाै । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा, खुद भएको वित्तीय विवरण प्रकाशित गरेको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ३६४ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।


वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ८९.१९ प्रतिशत बढेको छ। त्यसैगरी, गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६३ लाख ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ लाख ८३ हजार रुपैयाँले सकारात्मक रहेको छ।

चैत मसान्तसम्ममा लघुवित्तले ८ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जसका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको हो।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१.७३ रुपैयाँ बढेको छ।

लघुवित्तको निष्क्रिय कर्जा १.६८ प्रतिशतविन्दु बढेर ४।.४ प्रतिशत पुगेको छ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार १२:१३