काठमाडौं । सिटिजन्स बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –०६ लालपत्तामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
सेवा संचालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु पाइनेछ ।
Comment