गोर्खाज फाइनान्सले बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गोर्खाज फाइनान्सले बोलायो साधारण सभा



काठमाडौं । गोर्खाज फाइनान्स आगामी बैशाख २१ गते वार्षिक साधारणसभामा जाँदै छ । चैत २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनको सभाको मिति तय गरेको हो ।

संस्थाले आथिर्क वर्ष २०७६/७७ को सभा सो दिन बिहान ११ बजे भौतिक उपस्थिति तथा भर्चुअल (भिडियो कन्फरेन्स) माध्यमबाट गर्ने भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्केट क्याटेरिङ्ग इभेन्टमा हुन लागेको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको बैशाख ६ गतेदेखि बैशाख २१ गतेसम्म बुक क्लोज हुँदै छ ।

संस्थाले सभामा लाभांश तथा हकप्रद कुनै पनि प्रस्ताव गरेको छैन । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश नपाउने भएका छन् ।

हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार ११:२७