कालिका लघुवित्तको शेयर समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कालिका लघुवित्तको शेयर समायोजन



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको शेयर समायोजन भएको छ । शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरणपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा)ले आइतबार शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले १० प्रतिशत बोनस समायोजनपछि लघुवित्तको प्रतिकित्ता १ हजार २९१ रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

गत बिहीबारका कारोबार भएको अन्तिम मूल्य १ हजार ४२० रुपैयाँका आधारमा बोनस समायोजन भएको हो । कम्पनीको बैशाख ७ गते साधारण सभा हुने सूचना प्रकाशित गरेको छ ।

प्रकाशित : २२ चैत्र २०७७, आईतवार १०:५३