नेप्से ओरालो लाग्यो,तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से ओरालो लाग्यो,तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । हिजो बुधबार नेप्से नेप्से ४१.३६ अंकले बढेर दुई हजार पाँच सय ७० दशमलब ३१ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा थामिएको छ भने आज ६ अर्ब ४० करोड ३३ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा समूहमध्ये तीन समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सर्वाधिक शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागीरी हिल्स, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र वोमी लघुवित्त वित्तिय संस्था रहेका छन् ।

प्रकाशित : १२ चैत्र २०७७, बिहीबार १५:१७