३० लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

३० लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले उक्त बोनस वापतको ३० लाख ८२ हजार ६२६ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।

बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

कम्पनीले उक्त बोनस शेयर गत माघ १५ गते सम्पन्न ३२ औं वार्षिक साधारण सभाबाट पारित गराएको थियो ।

प्रकाशित : ११ चैत्र २०७७, बुधबार १४:२६