राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने



काठमाडाै । राष्ट्र उत्थान लघुवित्तले आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीको आइतबार सम्पन्न साधारणसभाले कम्पनीको हाल कायम जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभाले आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन तथा सम्पूर्ण आर्थिक तथा वित्तीय प्रतिवेदन छलफल गरि पारित गरेको छ ।

सभाले अघिल्लो वर्ष लेखापरीक्षकलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरेको छ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

लघुवित्तको संस्थापकमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल ग्रामिण विकास संस्था लगायत रहेका छन् ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार १६:५०