नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा मानन्धर चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा मानन्धर चयन



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामबहादुर मानन्धर अध्यक्ष पदमा चयन भएका छन। हाउस लिमिटेडको १६९औं संञ्चालक समितिको बैठकले अध्यक्ष नियुक्त पदमा मानन्धरलाई चयन गरेको हो ।

नव नियुक्त अध्यक्षलाई नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा नीलम ढुङ्गानाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक–एक जना प्रतिनिधि रहेका छन्।

प्रकाशित : ८ चैत्र २०७७, आईतवार २०:४५