नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबिच सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबिच सम्झाैता



काठमाडौं । नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौं बिच औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बंंैकको कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता गरेको छ ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाडौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिती रहेको थियो ।

नबिल बैंकले आफनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ.। एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार १७:४८